विराटनगर : विराटनगर महानगरपालिका–३ बरगाछीचोक नजिक आइतबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कञ्चनवारीतर्फबाट भृकुटीचोकतर्फ आइरहेको भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल पछाडि सवार सर्लाही हरिपुर नगरपालिका–१ की ४५ वर्षीया रोहिता अधिकारी कोईराला गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले आइतबार साँझ मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चालक उनका श्रीमान ५७ वर्षीय विमल कोईराला सामान्य घाइते भई कोशी अस्पतालमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया