विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुसन्धान अनुदानको घोषणा गरेको छ ।
विशेषत अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धान कर्ताहरुको अनुसन्धान क्षमता अभिबृद्धी गर्ने उद्देश्यले अनसन्धान इकाईको स्थापना र अनुदानको प्रवन्ध गरेको नोबेलले जनाएको हो ।
कार्तिक २६ गते नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिल कुमार शर्मा र उनकी धर्मपत्नी इन्दिरा शर्मा बरालले संयुक्त रुपमा अनुसन्धान इकाईको उद्घाटन गरेका हुन ।


















