घाँसखेती गर्ने ३७ किसानलाई अनुदान
जिल्लाको भानु नगरपालिकाले पशुपालक ३७ जना किसानलाई घाँसखेती अनुदान प्रदान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजार रुपैयाँका दरले किसानलाई अनुदान वितरण गरिएको हो ।
पशुपालक ३७ जना किसानले एक सय ८५ रोपनी क्षेत्रफलमा घाँसखेती गरेबापत कुल पाँच लाख ५५ हजार रुपैयाँ अनुदान प्रदान गरिएको पशु विकास शाखाका प्राविधिक अमित ढुङ्गानाले बताए । नगरपालिकासँगको समन्व...