सिमलताल दुर्घटना : थप एक शव फेला, ४७ यात्रुको अवस्था अझै अज्ञात
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन ।
नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको उत्खनन गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
उक्त शव सिमलताल बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै भएको हुनसक्ने अनुमान छ । यसअघि गै...