नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने दावी गरेका छन्।
काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने बताए।
प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताउँदै भने “हामीसँग सफल वर्तमान छ, भविष्य उज्यालो छ । अ...










