मंसिर ५, काठमाडौँ । बिहिबार नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । आज बिहान उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा  पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शितल निवासमा गरिएको उक्त विशेष कार्यक्रममा  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गर्न लगाएकी थिईन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले ३ राज्य मन्त्रीहरूलाई शपथ ग्रहण गराएका थिए ।

पुनर्गठित मन्त्रिमण्डलमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङले शपथ लिएका हुन् ।

यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई ओलीले राज्यमन्त्रीको शपथ लिएका हुन् ।

बुधबार बसेको नेकपाको सचिवालयको बैठकले कुन मन्त्री राख्ने कुन मन्त्री निकाल्ने निर्णय भएपछी आज बिहान नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार  शपथ ग्रहण गराइएकाे हो ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरू रघुवीर महासेठ, लालबाबु पण्डित, थममाया थापा, चक्रपाणि खनाल, मातृका यादव र गोकर्ण विष्टलाई मन्त्रीबाट हटाइएका छन्। स्वास्थ्यमन्त्री उपेन्द्र यादवको जिम्मेवारी परिवर्तन गरी कानूनमन्त्री बनाइएको छ भने कानूनमन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाइएको छ।

तपाईको प्रतिक्रिया