दोलखा भिमेश्वरको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफ्नै घरमा चन्द्रमा भए पनि कृष्णपक्षको चन्द्रमा भएकाले त्यत्ति अनुकूल दिन छैन । अल्छीपन र अर्कमण्यता आजका ठूला शत्रु हुन्, अवसर आए पनि तिनलाई चिन्न नसक्नाले मौकाको फाइदा उठाउन नसकिने समय छ, त्यसैले संयम र धैर्य भई काम गर्ने दिन हो, आजको दिन । आज उपहार, मानसम्मान र पुरस्कारको प्रसङ्ग चले पनि आशा नराख्नु वेश हुनेछ । भोजभतेर र खानपानको अवसर जुटे पनि पेटक...











