काठमाडौं । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोद्धारा संगठित अपराध र आपराधिक लाभ ९एक्सटर्सन०को मुद्दामा पक्राउ गरिएका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाससहितका आठ जनासँग अदालतमा बयान लिने क्रममा घटना झनै पेचिलो र रहस्यमय बन्दै गएको पाइएको छ ।पक्राउ परेका आठमध्ये तीन जनाले जिल्ला अदालत काठमाडौंमा बयान दिएका छन् भने बाँकी पाँच जनाको बयान आइतबार हुनेछ ।

गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले गृहमन्त्रीले घटनामा दोषी देखिए जोसुकैमाथि पनि कारबाही गर्न निर्देशन दिएको स्पष्ट पारेका छन् । ‘गृहमन्त्रीलाई यस प्रकरण सुरु हुनासाथ जानकारी आएको थियो । उहाँले सत्यतथ्य पत्ता लगाएर कारबाही गर्न प्रहरीलाई निर्देशन दिनुभएको हो ।’ राईले राजधानीसँग भने । राईले गृहमन्त्री, गृहसचिव र आईजीपी बसेर नै यो घटनाको सत्यतथ्य छानबिन गर्ने निर्णय भएकाले सोहीअनुसार प्रहरीले छानबिन अघि बढाएको जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनसन्धान ब्युरो ९सीआईबी०का प्रवक्ता एसपी दीपक रेग्मीले तीन जनाको बयान सकिएको र अन्यको आइतबार हुने जानकारी दिए । गृहमन्त्रीका भाइ नरेशलगायत पाँच जनाको बयान आइतबार हुने उनले बताए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हत्यासम्बन्धी मुद्दामा रहेका गुन्डा नाइके समीरमान बस्नेतसँगको मिलिमतोको आधारमा गृहमन्त्री थापाका भाइ नरेश थापासहित आठ जनालाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । सीआईबीका अनुसार यो घट्ना झन्डै ७० दिनदेखि गोप्य रूपमा छानबिन हँुदै आइरहेको थियो । र, सोही आधारमा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी नियन्त्रणमा लिइएको थियो ।

‘गृहमन्त्रीलाई यस प्रकरण सुरु हुनासाथ जानकारी आएको थियो । उहाँले सत्यतथ्य पत्ता लगाएर कारबाही गर्न प्रहरीलाई निर्देशन दिनुभएको हो । गृहमन्त्री, गृहसचिव र आईजीपी बसेर नै यो घटनाको सत्यतथ्य छानबिन गर्ने निर्णय भएकाले सोहीअनुसार प्रहरीले छानबिन अघि बढाएको हो । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया