विराटनगरमा पेट्रोलियम पदार्थ वितरणमा समस्या
विराटनगर । इन्धन भएपनि विराटनगरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । तर, त्यो अभाव भने बैकिङ्ग कारोबार प्रणाली सञ्चालन नहुँदा र सुरक्षाको अनुभूति नभएका कारण मात्रै भएको हो । इन्धन भएपनि अहिले विराटनगरका पेट्रोलपम्प खुल्न सकेका छैनन् । सुरक्षाको कारण देखाउँदै उनीहरुले पम्पमा ढाट लगाएर बसेका हुन् ।
यसैगरी ढुवानी गर्ने सवारीलाई सहज नहुँदा नेपाल आयल निगम इन्धन उठाएर लैजान समेत सकिरहेको छैन । नेप...











