दमक । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास गएको प्रदर्शनकारीको समूहलाई प्रहरीले रोकेको छ ।
सोमबार दिउँसो दमक नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन र आगजनीपछि आन्दोलनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको निवास तर्फ लागेका थिए ।निवास पुग्नबाट प्रहरीले रोकेको हो । झापाको दमक स्थित ओलीको निवासको करिब १ मिटर टाढाबाट प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए ।
प्रहरीले सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीलाई प्रधानमन्त्रीको निवास अगाडिबाट हटाएको झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिए । दमक नगरपालिका अगाडि प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो । गोली लागेर १ जना घाइते छन् ।


















