यस्पाली भाइटीकाको शुभ साइत ११ः ५५ मा
यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको छ । कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएक...











