रौतहट / जिल्ला अदालत रौतहटले निलम्बित सांसद अफ्ताव आलमलाई दोस्रो पटक ५ दिनको म्याद थप गरेको छ ।

पछिलो एक सातादेखि प्रहरी नियन्त्रणमा रहेका आलमले बयान दिन नमानेपछि प्रहरीले बयानका लागि थप म्याद मागेको थियो । न्यायाधीश चाणकमणि अर्यालको इजलासले थप अनुसन्धानका लागि ५ दिनको म्याद थपेको प्रहरी निरीक्षक पप्पु नायकले बताए ।

पीडितको तर्फबाट जिल्ला न्याधिवक्ता फणिन्द्रराज कटुवालले बहस गरेका थिए भने आलमको तर्फबाट करिब १५ जना वकिलले बहस गरेको स्रेस्तेदार गुणराज पराजुलीले बताए ।

पहिलो संविधानसभा निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लागाएको बम पडकिँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ ।

प्रहरी हिरासतमा रहेका आलमलाई सर्बोच्च अदालतको आदेशमा रौतहट प्रहरीले असोज २७ गते ईदरिस गेटबाट पक्राउ गरेको थियो । पहिलो संविधानसभा निर्वाचन आउनै लाग्दा २०६४ फागुन २७ गते आलम नेतृत्वको समूहले बनाउन लागेको बम विष्फोट हुँदा केही व्यक्तिको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थिए ।

घाइतेहरुलाई आलमको आदेशमा सिरिन्ज लगाई जिउँदै भट्टामा धकेलेर मारेको पीडितहरुको गुनासो छ ।

 

तपाईको प्रतिक्रिया