विराटनगरको सीमावर्ती बजार जोगबनी तनावग्रस्त, नेपालतर्फको ढाट लगाइयो
विराटनगर / विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीमा दुई समुदायबीच तनाव उत्पन्न भएको छ । विवाद उत्कर्षमा पुगेपछि यतिबेला जोगबनी बजारको अवस्था तनावग्रस्त छ ।
इस्लाम धर्मगुरु पैगम्बरबारे आपत्तिजनक टिप्पणीपछि उत्पन्न साम्प्रदायिक विवादले जोगबनी बजार पूर्ण रूपमा ठप्प भएको हो। स्रोतका अनुसार स्थानीय समुदायहरूबीच चर्किएको विवादपछि तनावग्रस्त बनेको जोगबनी बजारमा ठूलो संख्यामा भारतीय सुरक्षा बल परिचालन...











