महाधिवेशनको मिति परिवर्तन नगर्ने देउवाको प्रष्टिकरण
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति अब परिवर्तन गर्न नसकिने बताएका छन् ।
१४ औं महाधिवेशनको मिति हेरफेर हुन नसक्ने जानकारी देउवाले असन्तुष्ट समूहका जिल्ला सभापतिहरुलाई बताएका हुन् ।
संस्थापन इतर समूहले बोलाएको परामर्श बैठकमा सहभागी हुन काठमाडौं पुगेका कांग्रेसका ५२ जिल्ला सभापतिहरुसँगको भेटमा उनले यस्तो बताए । देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा देउवाले पार्टीलाई ...











