काठमाडौं  / खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको कामलाई जतिसक्दो चाँडो सक्न निर्देशन दिएकी छिन् ।

बुधबार मन्त्रालयमा आयोजित मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्थाबारे छलफलमा मन्त्री मगरले सरकारले तोकेअनुसार निर्धारित समायभित्रै मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने गरी कामलाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएकी हुन् ।

मन्त्री मगरले मुहान र सुरुङसम्बन्धी कामलाई समयमै सम्पन्न गरी जतिसक्दो चाँडो मेलाम्चीको पानी ल्याउनु पर्ने बताइन् ।

छलफलमा खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले पछिल्लो समयमा मेलम्ची खानेपानीको काम तीव्रगतिमा अगाडि बढेको जानकारी दिए ।

उनले करिब ९० प्रतिशत टनेल र ६० प्रतिशत हेडबक्सको काम सकिएको बताए । मेलाम्ची आयोजनाअन्तर्गत पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौँमा आउनेछ ।

तपाईको प्रतिक्रिया