मेरिल्याण्डको अर्को सफलता, प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम
नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयद्वारा शुक्रबार आयोजित कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तर कलेज स्तरीय हाजिरीजवाफ प्रतियोगितामा विराटनगरस्थित मेरिल्याण्ड कलेजले प्रथम स्थान हासिल गरेको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मेरिल्याण्ड कलेजको टोलीले प्रथम स्थान सुरक्षित गरी नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको हो। कक्षा १२ मा अध्ययनरत हर्ष सिङ, सम्भभ भट्टराई र प्रतीक...











