विराटनगरमा शनिबार ३३ सहित प्रदेश १ मा १०२ कोरोना संक्रमित थपिए

विराटनगरमा शनिबार ३३ सहित प्रदेश १ मा १०२ कोरोना संक्रमित थपिए
विराटनगर महानगरपालिका भित्र  शनिबार ३३ सहित प्रदेश १ मा १०२ कोरोना संक्रमित थपिएका छन् । शनिबार ३७ महिला र ६५ पुरुषमा संक्रमित थपिएका हुन । १०२ जना संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङमा ४९, सुनसरीमा ३०, झापामा १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको विर...

कोशी अस्पतालमा बेवारिसे मृतकको रिपोर्ट नेगेटिभ, आफन्त खोज्दै प्रहरी

कोशी अस्पतालमा बेवारिसे मृतकको रिपोर्ट नेगेटिभ, आफन्त खोज्दै प्रहरी
विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा शुक्रबार बिहान मृत्यु भएका एक बेवारिसे पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोरोना नेगेटिभ आए पनि आफन्त र परिवारका सदस्यको टुँगो लागेको छैन । ज्वरो आउने, खोकी लाग्ने र छात्ती दुख्ने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएको भन्दै ५० वर्षीय दीपक शेर्पालाई बिहीबारराति अस्पतालकै आइसोलेसनमा उपचारका लागि भर्ना गरिएकोमा त्यहीँ उनको मृत्यु भएको हो । धनकुट...

सडक दुर्घटनामा ज्यान गुमाएका प्रहरीलाई शोक सलामी

सडक दुर्घटनामा ज्यान गुमाएका प्रहरीलाई शोक सलामी
पोखरामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई प्रहरीलाई शोक सलामी अर्पण गरिएको छ । पोखरा ५ मालेपाटनमा बुधवार ड्युटीकै क्रममा बोलेरो जिपले ठक्कर दिँदा प्रहरी हवल्दार डम्बरबहादुर थारु र प्रहरी जवान चन्द्रबहादुर बगाले घाइते भइ उपचारका क्रममा ज्यान गएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रांगणमा गण्डकी प्रदेश प्रहरी प्रमुख तथा डिआइजी घनश्याम अर्यालको उपस्थितिमा शोक सलामीसहित श्रदान्जलि व्यक्त गरिए...

कोशी अस्पताल कोभिड उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु

कोशी अस्पताल कोभिड उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु
प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु गरिएको छ । कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्नेगरि आईसियु र भेन्टिलेटर सेवा सुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रवन्ध गरिएको मन्त्री घिमिरेल...

नेपाल–भारतको सीमा विराटनगरको इश्लामपुरमा कडाई गर्दा प्रहरीमाथि आक्रमणको प्रयास

नेपाल–भारतको सीमा विराटनगरको इश्लामपुरमा  कडाई गर्दा  प्रहरीमाथि आक्रमणको प्रयास
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरमा बुधबारराति नाकामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास भएको छ । कोरोना महामारीका बेला नेपाल–भारत आवतजावतमा पूर्ण रुपमा रोक लगाउँदै सीमा क्षेत्रमा कडाई गर्ने काम भइरहेको छ । यस्ताे बेलमा पनि लुकि छिपि सामान खरिद गर्ने बहानामा भारततर्फ गएकाहरुलाई नेपाल र सशस्त्र प्रहरीले उतै रोक्न खोजेपछि तनाव सुरु भएको थियो । करिब ३०÷३५ जनाकाे टाेलील...

प्रहरी र स्थानीय बिच विवाद हुँदा रंगेलीको आँपगाछी तनावग्रस्त

प्रहरी  र स्थानीय  बिच  विवाद हुँदा रंगेलीको आँपगाछी  तनावग्रस्त
मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा बुधबारराति मदिरा पसल बन्द गराउँदै गएको प्रहरीसँग स्थानीय बासिन्दाको विवाद हुँदा  तनावग्रस्त बनेको छ । साँझ ७ बजेबाट राति ११ बजेसम्म अवस्था असामान्य बन्न पुगेको थियो । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आवागमन र भीडभाडमा कडाई गर्न खटिएको प्रहरी टोलीले खुल्ला रहेका मदिरा पसल बन्द गराउन खोज्दा विवाद सुरु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । ...

लक्षणसहितका संक्रमितको संख्या बढ्दै

लक्षणसहितका संक्रमितको संख्या बढ्दै
पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार संक्रमितमा लक्षण देखिन थालेको छ । उनले भने, ‘मुख्यतः संक्रमितमा ज्वरो र खोकी लागेको छ । केही संक्रमितलाई अक्सिजनसमेत आवश्यक परेको छ ।’ स्वास्थ्य कार्यालय झापाका...

सवारी साधनमा देवनागरी लिपिको प्रयोग गर्न सकिन्छ : प्रधानमन्त्री ओली

सवारी साधनमा देवनागरी लिपिको प्रयोग गर्न सकिन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताएका छन् । नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आज सो विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले आफू यसबारे सम्बन्धित मन्त्रालय र निकायसँग परामर्श गरी अङ्ग्रेजी भाषाको प्रयोग हुन लागेका भएमा रोक्ने विश्वास दिलाए । प्रधानमन्त्री ओलीलाई कुलपति उप्रेतीले हाई सेक्युरिटी ...

मोरङको बुढिगंगाका कोरोना संक्रमित एक महिलाको मृत्यु

मोरङको बुढिगंगाका कोरोना संक्रमित एक महिलाको मृत्यु
मोरङको बुढिगंगा गाउँपालिका घर भएकी १ कोरोना संक्रमित महिलाको सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । सोमबार राती प्रतिष्ठानमा भर्ना भएकी बुढीगंगा-२ की ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचाररत महिलाको मृत्यु भएको हो । मुटु रोगको समस्या रहेकी उनमा श्वासप्रश्वास बढेपछ...

विराटनगरको सशस्त्र गण रानीमा कार्यरत थप ४२ प्रहरीमा कोरोना संक्रमण

विराटनगरको सशस्त्र गण रानीमा कार्यरत थप ४२ प्रहरीमा कोरोना संक्रमण
विराटनगरको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानीमा कार्यरत थप ४२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका ९६ जनामध्ये ४२ जना प्रहरी कर्मचारी हुन् । जसमा १० महिला र ३२ जना पुरुष छन् । सशस्त्र प्रहरी गण प्रदेश १ प्रहरी कार्यालयकै छेउमा छ । ५० जना प्रहरीको स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा ४२ जनाको...