कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिभिजन वन कार्यालय, मोरङका प्रमुखलाई तनाब
विराटनगर । पाँच दिनअघि गत साउन १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि ढुक्क हुनुभएका डिभिजन वन कार्यालय, मोरङका प्रमुख विशाल घिमिरेको साउन २१ गते गरिएको परीक्षणमा कोरोना भाइरस कोभिड–१९ रिपोर्ट पोजिटिभ आयो ।
शरीरका जोर्नीहरू दुख्ने र हल्का ज्वरो आएपछि कोशी अस्पताल विराटनगरमा उहाँले स्वाब सङ्कलन गराउनुभएको थियो । अचम्ममा छु । पाँच दिनको अन्तरमा नै सङ्क्रमित भएँ, कसरी सर्यो रुु डिभिजन...











