कोरोना संक्रमणको जोखिम थप बढ्दै गएपछि सुनसरीलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । । जिल्ला प्रशासन कार्यालय सुनसरीले बढ्दो जोखिम कम गर्न भिडभाड रोक्न आवश्यक भएको निष्कर्श सहित निषेधित क्षेत्र घोषणा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर आज राती १२ बजे देखि साउन २६ गते राती १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।


स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिने क्रम बढेकाले सुरक्षात्मक उपाय अपनाउन निषेधित क्षेत्र घोषणा गरिएको बताइएको छ । सो अवधिमा अत्यावश्यक, ढुवानी र निर्माण सामग्री बोकेका सवारी साधन बाहेक अन्य चलाउन पाइने छैन् । प्रशासनले सवारी संचालनका लागि कुनैपनि पास जारी नहुने समेत स्पष्ट पारेको छ । सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्यावश्यक सेवाका कर्मचारीले भने आफुले प्रयोग गर्ने सवारी साधन सहित कार्यालय समय अघि र पछी आउजाउ गर्न पाउने छन् । औद्योगिक क्षेत्रले भने स्वास्थ्य सावधानी अपनाउनु पर्ने बताइएको छ । निर्णय उल्लंघन गर्ने र अटेर गरी सवारी चलाउने तथा हिंडडुल गर्नेलाई पक्राउ गरी कार्वाही गरिने समेत सुनसरी प्रशासनले जनाएको छ । प्रशासनले जारी गरेको निषेधित क्षेत्र आज राती १२ बजेदेखि २६ गते राती सम्म लागु रहने छ ।

तपाईको प्रतिक्रिया