सक्रिय संक्रमित ५,८२५ मात्रै

सक्रिय संक्रमित ५,८२५ मात्रै
काठमाडौं । नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ जनामा झरेको छ । यो कुल संक्रमितको संख्यामध्ये ३३ दशमलव २८ प्रतिशत हो । गत १६ असारमा सबैभन्दा धेरै सक्रिय संक्रमित १० हजार ३ सय ४१ जना पुगेको थियो । सक्रिय संक्रमितमध्ये प्रदेश १ मा ७९, २ मा १ हजार ८ सय ४४, बाग्मती प्रदेशमा ४ सय ११, गण्डकी प्रदेशमा ४ सय आठ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

जान गाह्रो, पुगेपछि स्वर्ग

जान गाह्रो, पुगेपछि स्वर्ग
गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना र भालेश्वर सहज रूपमा पुग्न केबलकार चलाइयो। मौलाकाली पुग्न गैंडाकोटबाट लामो सिँढी बनाइयो। यस्ता कैयन् तीर्थस्थलमा भक्तजनको यात्रालाई सहज बनाइँदै छ। गोरखामा भने यस्तो तीर्थस्थल छ, जहाँ पुग्न भक्तजन पहराको बाटो आउजाउ गर्छन्। परापूर्वकालदेखि नै १५ मिटरको यात्रा पहरा समातेर, पहरामै टेकेर गर्ने गरेको स्थानीय बताउँछन्। चुमनुब्री गाउँपालिका–३ स्थित नेडुप्च्यु ...

संक्रमितभन्दा डिस्चार्ज दर दोब्बर

संक्रमितभन्दा डिस्चार्ज दर दोब्बर
काठमाडौं। कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ । पछिल्ला दुई साताको अवधिमा २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा नै ५ हजार ४ सय ५० जना डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २० असारदेखि हालसम्म दैन...

ऋण लिनेलाई केही सजिलो

ऋण लिनेलाई केही सजिलो
काठमाडौं । सर्वसाधारणलाई अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन केही सहज हुने भएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जा निक्षेप तथा पुँजी अनुपात (सीसीडी) मा परिवर्तन, ऋण लगानीका अनिवार्य सीमा वृद्धि, सेवा शुल्कमा कडाइ, सहुलियतपूर्ण र पुनर्कर्जासम्बन्धी व्यवस्थाहरू गरिएकाले ऋण परिचालन सहज हुने भएको हो । नयाँ व्यवस्थाले निक्षेपको ब्याज धेरै तल झर्न नपाउनु...

प्रधानमन्त्री ओलीको अयोध्या अभिव्यक्तीले भारतमा नेपालीमाथि दुर्व्यवहार , जबर्जस्ती मुण्डन गराई लेखियो श्रीराम !

प्रधानमन्त्री ओलीको अयोध्या अभिव्यक्तीले  भारतमा नेपालीमाथि दुर्व्यवहार , जबर्जस्ती मुण्डन गराई  लेखियो श्रीराम !
प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि नेपालमा रहेको र भारतले नक्कली अयोध्या बनाई सांस्कृतिक हस्तक्षेप गरेको अभिव्यक्ति दिएकामा त्यसको मार भने भारतमा रहेका नेपालीले खेप्न बाध्य भएका छन् । ओलीको अभिव्यक्तिपछि भारतमा रहेका नेपालीमाथि भारतीय हिन्दूवादीहरुले अनेकन ज्यादती दिन थालेका हुन् । आफूलाई हिन्दू बताउने अतिवादी भारतीयहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोध भन्दै त्यहाँ रहेका नेपाल...

बीपी कोइराला धरानमा कोरोना संक्रमितको मृत्यु

बीपी  कोइराला धरानमा कोरोना संक्रमितको मृत्यु
धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । काेराेना पाेजेटिभ देखिए पछि प्रतिष्ठानमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको हाे । मृतक ब्यक्ति सप्तरीको राजविराज नगरपालिका-६ निवासी ७३ बर्षिय पुरुष रहेको बताईएकाे छ । उनको गएराती मृत्यु भएको बताईएको छ । उनी प्रदेश १ मा काेराेना संक्रमणबाट मृत्यु हुने पहिलाे व्यक्ति हुन् । उनको शव अहिले प्रतिष्ठान...

मेलम्ची खानेपानी आयोजना : अनियमितताको अखडा

मेलम्ची खानेपानी आयोजना : अनियमितताको अखडा
काठमाडौं। मेलम्ची खानेपानी आयोजना प्रारम्भ भएदेखि २० वर्षमा २७ अर्ब ६५ करोड २३ लाख रुपैयाँ खर्च भएको छ। अघिल्लो आर्थिक वर्षसम्म यसको खर्च २५ अर्ब २० करोड रुपैयाँ थियो । यस वर्ष ५ अर्ब ९१ करोड ९९ लाख बजेट विनियोजन भएकोमा २ अर्ब ४५ करोड १८ लाख खर्च भएको छ। बर्सेनि लागत बढेसँगै अनियमित तवरले हुने खर्च पनि उकालो लागेको देखिएको छ। काठमाडौं उपत्यकाको खानेपानी अभावलाई दीर्घकालीन रूपमा समाधान गर्...

बेमनासिब खर्च ६ खर्ब ६४ अर्ब

बेमनासिब खर्च ६ खर्ब ६४ अर्ब
काठमाडौं । राज्यको ढुकुटीबाट अनियमित तवरले भएको खर्च ६ खर्ब ६४ अर्ब पुगेको छ। महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको ५७औं वार्षिक प्रतिवेदनले पछिल्लो वर्ष मात्रै १ खर्ब ३३ अर्ब रुपैयाँ बेरुजु औंल्याएको छ। जसमा संघीय सरकारतर्फ ७१ अर्ब ६ करोड, प्रदेश तहमा ८ अर्ब १९ करोड र स्थानीय तहमा ३८ अर्ब १२ करोड रुपैयाँ छ। गत वर्षको मात्रै विभिन्न संघसंस्था तथा समितिको १५ अर्ब ६० करोड ८९ लाख रुपैयाँ बेरुजु छ...

ओली र प्रचण्डबीच वार्ता सकियो , भोलि फेरी छलफल हुने

ओली र प्रचण्डबीच वार्ता सकियो , भोलि फेरी छलफल हुने
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुई अध्यक्षबीचको आजको वार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटरमा बिहान साढे ११ बजे सुरु भएको बैठक दिउँसो साढे २ बजे सम्पन्न भएको हो। अध्यक्षहरु ओली र प्रचण्डबीच भोलि फेरी छलफल हुने सापकोटाले बताए। यसअघि दुई अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो।...

५० करोड रुपैयाँको लगानीमा चितवनमा औषधी उद्योग सञ्चालनमा आउँदै

५० करोड रुपैयाँको लगानीमा चितवनमा औषधी उद्योग सञ्चालनमा आउँदै
पश्चिम चितवनको भुवन वस्तीमा रोयल सासा फर्मासिटिक्यूल्स औषधी उद्योग सञ्चालनमा आउने भएको छ । आगामी दुई वर्ष भित्र विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्डको जिएपी प्रमाणीकरण पाउने गरी उद्योग सञ्चालनमा आउने कम्पनीले जनाएको छ । झन्डै ५० करोड रुपैयाँको लगानीमा निर्माण हुँदै गरेको उद्योगले हाल २७ प्रकारका औषधीहरु उत्पादन परीक्षण शुरु गरिसकेको छ । विदेशबाट आउने औषधीलाई कम र देशमै गुणस्तरीय र सर्वसुलभ प...