प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि नेपालमा रहेको र भारतले नक्कली अयोध्या बनाई सांस्कृतिक हस्तक्षेप गरेको अभिव्यक्ति दिएकामा त्यसको मार भने भारतमा रहेका नेपालीले खेप्न बाध्य भएका छन् ।

ओलीको अभिव्यक्तिपछि भारतमा रहेका नेपालीमाथि भारतीय हिन्दूवादीहरुले अनेकन ज्यादती दिन थालेका हुन् ।

आफूलाई हिन्दू बताउने अतिवादी भारतीयहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोध भन्दै त्यहाँ रहेका नेपालीमाथि गरेका ज्यादतीका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

जसमा हालै एक नेपालीलाई हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले जबरजस्ती मुण्डन गराएर राम भारतमा जन्मेको भन्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाइएको भिडियो सार्वजनिक भएको हो ।

अतिवादी हिन्दूहरुले ती नेपाली युवाको जबरजस्ती कपाल खौरेर तालुमा जय श्रीराम लेखेको भिडियोमा देखिन्छ ।

उदण्ड हिन्दूवादीहरुले नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध पनि नाराबाजी गरेका छन् । भारत र श्रीरामको जयगान गरेका छन् ।

तपाईको प्रतिक्रिया