विदेशबाट आएका सबैको कोरोना परीक्षण गर्छौः मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकार भएकै कारण महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सहज भएको बताउनुभएको छ ।
बुधबार सुरु भएको प्रदेशसभाको छैटौं तथा बजेट अधिवेशनलाई सम्बोधन गर्दै मूख्यमनत्री राईले तीन तहको संघीय संरचनाकै नभएको भए कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथाम गर्न निक्कै मुस्किल पर्ने बताउनुभयो ।
प्रदेशमा कोरोना रोकथाममा सरकारले प्रभाबकारी योजना...











