सुनसरीको दुहवीमा भारतबाट दुहबी आएका २३ जना मध्ये ९ जनाको आरडिटी टेष्ट पोजेटिभ आएको छ । उनिहरुलाई दुहबी–३ स्थित रहेको अरुण बनस्पतिको क्वारेन्टाइनमा छुट्टै राखिएको छ ।
उनीहरु सबैको पिसिआर विधीबाट परिक्षण गर्नका लागि स्वाब संकलन गर्न जिल्ला स्वास्थ्य कार्यालय सुनसरीबाट आज बेलुका सम्म नभइ भोली विहान टोली आउने र पिसिआर परिक्षण गर्ने दुहबी स्वास्थ्य शाखाका उप संयोजक उचित नारायण शाहले बताए ।
उनीहरुको पिसिआर परिक्षण पोजेटिभ आए मात्र कोरोना संक्रमितको संख्या पुष्टि हुने दुहबी स्वास्थ्य शाखाका उप संयोजक शाहले बताएका छन् । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको तथा अहिले दुहबीको क्वारेन्टाइनमा ३८ जना रहेको शाहले जानकारी दिएका छन् ।























