भारतले नेपाली चिया आयातमा प्रतिबन्ध लगाएको छ ।
लकडाउनको समयमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात–निर्यातमा कुनै रोकावट नगर्ने यस अघिको सम्झाता विपरित भारतले नेपाली चियामा प्रतिबन्ध लगाएको हो ।
चियामा प्रतिबन्ध लगाएपछि यस विषयमा पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई लेखेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट आवश्यक सहजिकरणको लागि मन्त्रालयमा अनुरोध गरेपछि परराष्टलाई पत्र लेखेको हो ।
नेपालमा उत्पादिन चिया कोभिड–१९ को कारण दुवै देशमा बन्दाबन्दी गरिएको वर्तमान अवस्थामा विभिन्न वाहना देखाई भारतीय भन्सारमा रोकिएको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।























