कोरोनाविरुद्ध लड्न विश्व बैंकद्वारा १६ खर्ब ६६ अर्ब बराबरको नयाँ प्याकेज घोषणा
विश्वमा महामारीको रुप लिइरहेको कोभिड १९ भनिने कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले सहायता रकम वृद्धि गरेको छ। बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) को निर्देशक समितिले सहायता रकमको प्याकेज बढाएको हो। अब बैंकले कोरोनाविरुद्ध लड्न १४ विलियन अमेरिकी डलर (१६ खर्ब ६६ अर्ब रुपैयाँ) रकम परिचालन गर्नेछ। प्रभावित मुलुक र त्यहाँका कम्पनीहरुलाई आर्थिक सहायता प्रदान गर्ने हेतुले दु्रत गतिमा प्रव...











