विश्वमा महामारीको रुप लिइरहेको कोभिड १९ भनिने कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले सहायता रकम वृद्धि गरेको छ। बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) को निर्देशक समितिले सहायता रकमको प्याकेज बढाएको हो। अब बैंकले कोरोनाविरुद्ध लड्न १४ विलियन अमेरिकी डलर (१६ खर्ब ६६ अर्ब रुपैयाँ) रकम परिचालन गर्नेछ। प्रभावित मुलुक र त्यहाँका कम्पनीहरुलाई आर्थिक सहायता प्रदान गर्ने हेतुले दु्रत गतिमा प्रवाह हुनेगरी नयाँ सहायता राशी घोषणा गरिएको विश्व बैंकले जनाएको छ। यो सहायता परिचानमार्फत कोरोना रोकथाम, पहिचान र नियन्त्रणका लागि आवश्यक कदम चालिनेछ। प्रभावित मुलुकहरुको सार्वजनिक स्वास्थ्य पूर्वतयारी, रोग नियन्त्रण, रोकथाम, निदान र उपचार एवं निजी क्षेत्रलाई सहयोग गरिने विश्व बैंकले जानकारी दिएको छ। यसअघि आइएफसीले ८ बिलियन अमेरिकी डलर (९ खर्ब ५२ अर्ब रुपैयाँ) सहायता रकम घोषणा गरेको थियो। यसअघिको सहायता रकममा ६ अर्ब (७ खर्ब १४ अर्ब रुपैयाँ) सहायता प्याकेज ल्याएको थियो। महामारी फैलँदै गएपछि बैंकअन्तर्गतको आइएफसीले सहायता रकम बृद्धि गरेको हो। आइएफसी फाइनान्सिङको पछिल्लो एकमुष्ठ रकम वित्तीय संस्थाहरुलाई व्यापार लगानी, पूँजीगत सहायता र मध्यकालिन वित्तीय पक्षपोषण खर्च गरिनेछ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिब...
सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा ...
गृहमन्त्रीको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि…..
गृहमन्त्री सुधन गुरुङलाई दिइएको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि होटलका दुई भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ...
विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गर...
मेरिल्याण्ड कलेजको कक्षा १२ मा उत्कृष्ट नतिजा
विराटनगर। विराटनगर–६ स्थित मेरिल्याण्ड कलेजले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल...
गर्मी बढेपछि शीतलता खोज्दै इटहरीको तालतलैया पुग्दै पर्यटक
गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीय स्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकहरूको ...
















