खोटाङ/  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको  आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कायक्रम ” एक वडा एक दलित सहकारी ” संस्था अन्तर्गत वडा नं‌. ३ छोरम्बुमा ‘दलित वचत तथा ऋण सहकारी संस्था’ स्थापना भएको छ ।

गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु को प्रमुख आतिथ्यतामा गाउँपालिकामै दर्ता भएर स्थापना भएको सहकारी संस्थाको आज सोमबार  उद्घाटन भएको हो । वार्षिक कायक्रम अन्तर्गत स्थापना भएको सहकारीमा गाउँपालिकाको ५० हजार बिउ पुँजी रहको आईटी अफिसर मणिचन्द्र र्राइले जानकारी दिए ।

श्री पदम बहादुर परियारको अध्यक्षतामा ७ सदस्यीय सन्चालन समिति रहेको यस संस्थामा ४२ वटा शेयर संख्या र ३० घर धुरी रहेको छ । गाउँपालिकाको ५० हजार बिउ पुँजी रहेको यस संस्थाको बिउ पुँजी सहित शेयर र बचत गरी जम्मा रु ७१,१२०।- आर्थिक पुँजी रहेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार यसैगरी वाँकी ६ वडाहरुमा पनि सहकारी संस्था स्थापना गरिने गाउँपालिकाले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया