डा.सुनिल शर्माद्वारा प्रदेशकै सर्वाधिक रकम सहयोग कोरोना राहत कोषमा ३० लाख प्रदान
नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना प्रभावितहरुलाई सहयोगका लागि ३० लाख ३६ हजार रकम प्रदान गरेका छन् । आफ्नो गाउँ तथा आफुले चुनावमा प्रतिस्पर्धा गरेको मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितहरुलाई राहतका लागि डा.शर्माले यत्ति ठूलो रकम सहयोग गरेका हुन् । यो रकम १ नम्बर प्रदेशमा हालसम्म एकै व्यक्ति वा सस्थाले प्रदान गरेको मध्ये सर्वाधिक ठूलो सहयोग राशि हो ।
...











