तीर्थ यात्रामा गएका चारजनाको भारतमा दुर्घटनामा परी मृत्यु
तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चारजनाको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।
बिहीबार बिहान तुलसीपुरबाट तिर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो भारतको बहराइचमा दुर्घटना भएको थियो ।
गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएका छन् ।गाडीमा सवार सबैजना यात्रु तुलस...










