मोरङको लेटाङमा रहेको एउटा कुखुरा फार्ममा आगलागी भएको छ । आगोले सुपारीका बोटसमेत मरेका छन् ।
लेटाङ नगरपालिका–२ खैरेनीमा भोलाराम श्रेष्ठले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा बुधबार आगलागी भएको प्रहरीले जनाएको छ । कुखुरा फार्म श्रेष्ठको घरदेखि करिब १५ मिटर पूर्वमा थियो ।प्रहरीका अनुसार दिउँसो ३ बजेतिर अचानक आगलागी भएको हो । आगोले जलेर फार्म वरपर रहेका सयवटा सुपारी र २ वटा लिचीका बोट पनि मरेका छन् । त्यस्तै, फार्मसहित फार्मभित्र राखिएको १५ बोरा कुखुराको चारो र ५० बोरा सिमेन्ट जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको फार्ममा कुखुरा थिएनन् । नजिकैको अर्को फार्ममा कुखुरा थिए । कुखुरा रहेको फार्म भने सुरक्षित रहेको र घटनामा मानवीय एवं चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको छ ।आगो करिब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि, विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ ।। आगोले सुपारीका बोटसमेत मरेका छन् ।
लेटाङ नगरपालिका–२ खैरेनीमा भोलाराम श्रेष्ठले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा बुधबार आगलागी भएको प्रहरीले जनाएको छ । कुखुरा फार्म श्रेष्ठको घरदेखि करिब १५ मिटर पूर्वमा थियो ।प्रहरीका अनुसार दिउँसो ३ बजेतिर अचानक आगलागी भएको हो । आगोले जलेर फार्म वरपर रहेका सयवटा सुपारी र २ वटा लिचीका बोट पनि मरेका छन् । त्यस्तै, फार्मसहित फार्मभित्र राखिएको १५ बोरा कुखुराको चारो र ५० बोरा सिमेन्ट जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको फार्ममा कुखुरा थिएनन् । नजिकैको अर्को फार्ममा कुखुरा थिए । कुखुरा रहेको फार्म भने सुरक्षित रहेको र घटनामा मानवीय एवं चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको छ ।आगो करिब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि, विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ ।