मेष । साझेदारीमा नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। व्यावहारिक कार्यहरूमा प्रगति हुनेछ। नयाँ निर्णय लिनुभन्दा अघि सोचबिचार गर्नुहोस्। शेयर बजारबाट लाभ मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष । इष्टमित्रहरूको साथमा पायक स्थानमा भ्रमणका योग छन्। कार्यक्षेत्रमा विनम्रताको परिचय दिनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
मिथुन । घरपरिवारको सहयोगबाट बिग्रिरहेको कार्य बन्नेछ। यात्राबाट लाभ मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ। शिक्षकहरूलाई शिक्षाको क्षेत्रमा पदोन्नति हुने सम्भावना रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट । कार्यक्षेत्रमा धैर्यले काम लिनुहोला। कर्जा आदिको लेनदेनबाट तनाव बढ्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस। खानपानमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
सिंह । घरेलु मामलाहरूमा तेस्रो पक्षको दखलले कुरा बिग्रिनेछ। व्यापार व्यवसायमा लाभ वा कारोबार विस्तारको लागि योजनाहरू बन्नेछन्। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
कन्या । वित्तीय मामलाहरू गम्भीरताले सुल्झाउनुहोस्। कार्यक्षेत्रमा अधिकारी वर्गबाट सहयोग पाइएला। आलस्यले गर्दा लाभकारी योजनाहरू गुम्ने सम्भावना रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
तुला । कार्यक्षेत्रमा पुरानो समस्या सुल्झिनाले विभिन्न अवसरहरु प्राप्त हुनेछन्। पुरानो कारोबारलाई नविनीकरण गर्ने समय रहेको छ। विशिष्ट व्यक्तिहरूसँगको मित्रता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।
वृश्चिक । समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। समयमा कार्य सम्पन्न गर्न नसकेपनि योजनाहरू बनाउन सक्नुहुनेछ। परिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
धनु । आर्थिक सुधारका प्रयासहरू सफल रहनेछन्। आफन्तहरूको साथ मिल्नाले हिम्मत बढ्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर । व्यापार व्यवसायमा वेबास्ता गर्दा ठूलो नोक्सान खेप्नु पर्ला। युवा वर्गहरूलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ । कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसरभइनेछ। सहयोगीहरूबाट सहयोग मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मीन । अनुभवको कमी सफलतामा बाधक बन्न सक्छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक रोजगार सफल रहनेछ। नयाँ कार्यको थालनिको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।


















