इटहरीमा नाबालिका बेहुलीसहित ५ जना पक्राउ
इटहरीमा विवाह गर्न योग्य नभएकी नाबालिका बेहुलीसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले सोमबार दिउसो इटहरी ९ स्थित राधाकृष्ण मन्दिरबाट विवाहको जगेबाटै बेहुला र नाबालिका बेहुलीसहित ५ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मन्दिरमा जन्तीसहित आएको बेहुला पक्षले हिन्दु परम्परा अनुसार मागी विवाह गर्न खोजेका थिए । जसमा दुवै पक्षको पाहुनाहरू भेला भए । तर बेहुलीको कलिलो उम...










