झापा । झापाको मेचिनगरमा आगलागीबाट घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मेचिनगर नगरपालिका – ४ आमडाँगीका ५१ वर्षीय विरेन्द्रराज राईको घरको पुजा कोठामा अचानक विद्युत सर्ट भई कोठा भित्र आगलागी भएको थियो । उक्त आगो निभाउने क्रममा विरेन्द्रराज घाइते भएका थिए ।
उनको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङहोममा आज बिहान मृत्यु भएको हो ।आगलागीमा राईको दुवै हात, खुट्टा र अनुहार जलेको थियो ।

तपाईको प्रतिक्रिया