उपाध्यक्षको सवारीसाधन खरीद गर्ने बजेटले एम्बुलेन्स
काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न लाग्नुभएको छ । उहाँको यस प्रस्ताव कार्यपालिका बैठकलेसमेत पारित गरिसकेको छ । “यो हप्ता दुई वटा एम्बुलेन्स गाउँपालिकामा आइपुग्ने प्रक्रियामा छ”, उपाध्यक्ष बर्तौलाले भन्नुभयो । उहाँलाई गाडी खरीदका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु २६ लाख रकम ...