काठमाडौं । पत्रकार ऋषि धमलाले रवि लामिछाने भोलि सोमबार रिहा हुने बताएका छन् । चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा आइतबार चितवन पुगेका उनले आफूले पाएको सूचनाकोआधारमा रवि सोमबार रिहा हुने बताएका हुन् । उनले भने, अनुसन्धानको फाइल सरकारी वकीलकहाँ पुगेको छ, सरकारी वकीलले बयान लिइसकेर भोलिसम्ममा बहस भएर रविको रिहाइको प्रक्रिया अघि बढ्छ ।’

सबै प्रक्रिया आइतबार सकिन्छ भन्ने अनुमाग गरिएको थियो, यो सम्भावना कम छ, किनकि सरकारी वकीलले सबैजनासँग बयान लिइसकेपछि अदालतमा लगिन्छ, अदालतमा थुनछेक बहस भएपछि मात्रै रवि रिहा हुन्छन्’, धमलाले भने ।

११ दिनदेखि प्रहरीको न्यायिक हिरासतमा रहेका उनी आइतबार रिहा हुने चर्चा चलिरहेका पत्रकार ऋषि धमलासहित चलचित्र क्षेत्रका श्वेता खड्का, दीपाश्री निरौला, कुञ्जना घिमिरे सुन्तली, दीपकराज गिरी, निर्मल शर्मा, केदार घिमिरे, अनुराग कुँवर, रमेश उप्रेतीलगायत भरतपुर पुगेका थिए ।
गएको साउन २० गते भएको पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनका सम्बन्धमा छानबिनका लागि भन्दै प्रहरीले गएको साउन ३० गते काठमाडौंबाट रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया