रबि लामिछानेको रिहाईको माग गर्दै सडकमा जनलहर उर्लिएको छ। रविलाई प्रधानमन्त्री बनाउने भन्दै जनलहर उर्लिएको छ।पत्रकार शालिकराम पुडासैनीव प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ । आ त्म ह त्या दुरुत्साहन अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले मुद्दा दर्ता गराएको हो ।

चितवन प्रहरीले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । प्रतिवेदन अध्ययनपछि रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध अदालतमा आत्म ह त्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको हो ।

मुद्दा पेश गरिएसँगै उनीहरूको बयानको क्रम सुरु भएको अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । अदालतमा अब थुनछेक बहस हुनेछ । बहसपछि अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ । हेरौ यो भिडियो :

तपाईको प्रतिक्रिया