सरकारले १७, १८, र २० गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक
काठमाडौं- सरकारले गत कार्तिक १७, १८, र २० गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।
बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
यी हुन् १६ निर्णय
१. एशियाली पूर्वाधार लगानी बैंकबाट विद्युत वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाका लागि प्रस्तावित ११२.३ मिलियन अ...









