काठमाडौँ । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश प्रमुख नियुक्तिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालले जनाएको असन्तुष्टि जायज रहेको टिप्पणी गरेका छन् । उनले पार्टीभित्र छलफल हुनु स्वाभाविक रहेको भन्दै चित्त नबुझे नोट अफ डिसेन्ट लेख्न सकिने जनाए । नेता नेपालले प्रदेश प्रमुखमा आफ्ना निकटलाई नियुक्ति नगरिएको भन्दै चित्त दुखाएका छन् ।

अध्यक्ष दाहालले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको दाबी गरेका छन्। उनले पार्टीभित्र त्यसबारे छलफल गरी निर्णय लिएको बताए। ‘असन्तुष्टि जनाउन पाइन्छ। छलफल पनि हुन्छ,’ उनले भने।

प्रदेश प्रमुखहरुको बर्खास्ती नयाँ नियुक्ति ढिलो गरी गरिएको बताए। उनले दुई तिहाई सरकार गठन भएलगत्तै कांग्रेसका पालामा नियक्त गरिएका प्रदेश प्रमुखहरुलाई हटाउनु पर्नेमा ढिलो भएको दाबी गरे। ‘नयाँ प्रदेश नियुक्तिमा ढिलाई भयो। तर, कानुन संगत भएको छ,’ मंगलबार नेकपा बाँकेको चियापान कार्यक्रममा सहभागी हुन नेपालगन्ज आएका उनले भने। चियापान कार्यक्रमपछि अध्यक्ष दाहालले कोहलपुर ६ को वडाध्यक्ष पदका लागि भइरहेको चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया