हतियार प्रहारबाट श्रीमान् श्रीमतीसहित तीनजना घाइते, दुईको अवस्था गम्भीर

हतियार प्रहारबाट श्रीमान् श्रीमतीसहित तीनजना घाइते, दुईको अवस्था गम्भीर
मोरङका अलगअलग स्थानमा धारिलो हतियार प्रहारबाट श्रीमान- श्रीमतीसहित तीनजना घाइते भएका छन् ।  सुनवर्षी र बेलबारीमा घटना भएको हो । घटनामा परेर दुईजना गम्भीर घाइते भएका छन् । सुनवर्षी नगरपालिका–६ पटियापाडामा ४२ वर्षीय रमेश साह र उनी श्रीमती प्रमिला साहमाथि बुधबार साँझ दाउ प्रहार भएको थियो । नातामा भतिज पर्ने २५ वर्षीय राजु साहले साँझ ७ बजेतिर दाउले हानेर रमेश र प्रमिलालाई घाइते बनाएको मोरङ प्रहर...

डेढ लाख नजिक पुग्यो सुनको मूल्य

डेढ लाख नजिक पुग्यो सुनको मूल्य
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुन १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । तेजाबी सुनको मूल्य पनि १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो दिन...

देशका ७३ जिल्ला फैलियो डेंगु‚ विरामीको संख्या २ हजार नाघ्यो

देशका ७३ जिल्ला फैलियो डेंगु‚ विरामीको संख्या २ हजार नाघ्यो
काठमाडौँ । देशभरि ७३ जिल्लामा डेंगु फैलिएको छ भने विरामीको संख्या २ हजार नाघेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लामा डेंगुका विरामीको संख्या २ हजार ६१ जना पुगेको जानकारी दिए। यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डे...

आजकाे माैसम : काेशी सहित यि ५ प्रदेशमा मुसलधारे वर्षाकाे सम्भावना

आजकाे माैसम : काेशी सहित यि ५ प्रदेशमा मुसलधारे वर्षाकाे सम्भावना
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा माथि र पूर्वमा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाले जानकारी दिएको छ । अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ । मधेस, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । ...

श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई  दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । उनलाई धनगढी विमानस्थलमा उत्रिएसँगै प्रहरीले पक्राउ गरेको थियो । मंगलबार त्रिभुवन विमानस्थलबाट ४: ५० बजे धनगढीका लागि उडे...

हिरासतमा रहेका २८ वर्षीय थुनुवाको मृत्यु

हिरासतमा रहेका २८ वर्षीय थुनुवाको मृत्यु
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–७ पालिया का २८ वर्षीय झकबहादुर खड्का रहेका छन् । खड्का चार दिन अघि लागू औषधसहित मेचीनगर–६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो । मङ्गलबार राति १ः४० बजे स्वास्थ्यमा समस्या आएपछि...

बसपार्कमा बसभित्र युवकको शव फेला

बसपार्कमा बसभित्र युवकको शव फेला
काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेटनजिक पार्किङ गरेर राखेको बा२ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको जानकारी दिए। उनको शव परीक्षण गर्न त...

यूएईमा मृ*त्यु*द*ण्ड सजाय सुनाइएका भुवन र पहलमान स्वदेश फर्किए

यूएईमा मृ*त्यु*द*ण्ड सजाय सुनाइएका भुवन र पहलमान स्वदेश फर्किए
संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । उनीहरुले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् । भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन भने पहलमान थापामगर बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । भुवन पहलमानलाई नेपालीकै हत्या अभियोगमा युएईको ...

अस्पतालको कोठाभित्रै कर्मचारी मृत भेटिए

अस्पतालको कोठाभित्रै कर्मचारी मृत भेटिए
मेची प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । भद्रपुर नगरपालिका- १० केन्द्र मोड निवासी सुरज शर्मा मेची प्रादेशिक अस्पतालको विमा बिभागमा कार्यरत कर्मचारी रहेका अस्पतालले जनाएको छ ।शर्माले गए राती मेची प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा झुन्डिएर आत्महत्या गरेका थिए भने उनले आत्महत्या गर्नुको कारण अहिले सम्म खुल्न सकेको छैन । प्रहरीले यस...

सवारी दुर्घटनामा परेर १ सय ७२ जनाको मृत्यु

सवारी दुर्घटनामा परेर १ सय ७२ जनाको मृत्यु
गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ । सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए । उनका अनुसार सवारी दुर्घटनामा परी गम्भीर र सामान्य गरी पाँच सय ३...