नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले
काठमाडौं / गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन हुन थालेका छन्।
यही भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कफ्र्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन्।
लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लले आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी दिए।
यात...











