पूजाकोठामा गाडिएको अवस्थामा भेटियो महिलाको शव, श्रीमान बेपत्ता
घरभित्र पूजाकोठामा गाडेको अवस्थामा महिलाको शव फेला परेको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका- बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव पूजाकोठा भित्र गाडेको अवस्थामा फेला परेको हो ।उनका श्रीमान १० महिने छोरीसहित बेपत्ता भएका छन् ।
अञ्जली र उनका श्रीमान बेपत्ता भएको खबर पाएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । साेही क्रममा शनिबार दिउँसो घर भित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका ...











