विर्तामोडको एक ग्यारेजमा आगलागी हुँदा तीनवटा बस जल्यो
दमक । झापाको बिर्तामोडस्थित एक ग्यारेजमा आगलागी हुँदा तीन वटा बसमा क्षति भएको छ । आगलागीबाट ग्यारेजमा मर्मतका लागि राखिएका तीन वटा बसमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधवार बिहान साढे १० बजेतिर बिर्तामोड–५ स्थित पश्चिम बस स्टेसननजिक रहेको ग्यारेजमा निधि क्याम्पसको मे १ ख ३३४५ नम्बरको बसमा मर्मत गर्ने क्रममा अचानक विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट क्याम्...











