यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन
४ कात्तिक, काठमाडौं । पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको जानकारी गराएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गरी समितिले कात्तिक १० गते कुकुर तिहार र लक्ष्मीपूजा परेको जानकारी दिएको हो ।
कात्तिक ८ गतेदेखि सुरु हुने तिहारको पहिलो दिन यमदीपदान, कात्तिक ९ गते शनिबार कागतिहार पर्ने सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताएका छन् । हरेकजसो तिहारमा ...











