यौनधन्दामा संलग्न भएको आरोपमा बलिउड अभिनेत्री पक्राउ
बलिउड अभिनेत्री अमृता धनोआलाई मुम्बइ पुलिसले गोरेगांवको उक होटलबाट पक्राउ गरेको छ । अमृतालाई पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट पक्राउ गरिएको हो ।
उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई अवैध यौनधन्दाको अभियोगमा पक्राउ गरिएको हो ।
पुलिसलाई आफ्नो स्रोतबाट यहाँ अवैध यौनधन्दा चलिरहेको खबर आएपछि छापा मारेको थियो । पुलिसले नक्कली ग्रहक बनेर उनीह...











