बराहक्षेत्रमा सडकछेउबाट बेवारिसे नवजात शिशु फेला
सुनसरी — वराहक्षेत्र नगरपालिका–८ स्थित सडकछेउमा आज बिहान बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेपछि स्थानीय र प्रहरीको सहयोगमा समयमै उद्धार गरिएको छ। नवजातको पहिचान अहिलेसम्म खुलेको छैन।
स्थानीयवासीले बिहान सडकछेउमा रोइरहेको अवस्थामा शिशु भेटिएको जानकारी इलाका प्रहरी कार्यालय चक्रघट्टीलाई दिएका थिए। सूचना प्राप्त भएपछि कार्यालय प्रमुख दिवस कुँवरको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगे...











