मेरिल्याण्ड कलेजको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स पौडेल प्रथम
विराटनगर — विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स पौडेल प्रथम भएका छन्। ‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा प्रस्तुत प्रभावशाली मन्तव्यका आधारमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि हात पारेका हुन्।
प्रतियोगितामा स्याक्रिन सुवेदी दोस्रो स्थानमा रहँदा प्रफुल मेहता तेस्रो भए। सोही क्रममा वसुन्धरा मण्डलले प्रोत्साहन पुरस्कार प्राप...











