“गोली र दमनको अन्त्य गर, ओलीजी—जनताको समय आएको छ”
सोमबारको जेन-जी आन्दोलनमा राज्यबाट गरिएको हिंसा केवल त्रासदीपूर्ण मात्र होइन, नेपालको वर्तमान राजनीतिक र प्रशासनिक अवस्थाको भयावह प्रतिबिम्ब हो। निशस्त्र, निर्दोष युवामाथि गरिएको गोली प्रहारले हाम्रो लोकतन्त्रको वास्तविक अनुहार उदाङ्गो बनाएको छ। दर्जनभन्दा बढी नागरिकले ज्यान गुमाएको यो घटनाले सरकार, सुरक्षा निकाय र समग्र राज्य संयन्त्रको चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ।
अत्यधिक दमन– सुरक्षा न...











