सूचना प्रविधि विधयेकबारे प्रतिपक्षीले गलत हल्ला फैलाए : मन्त्री बाँस्कोटा

सूचना प्रविधि विधयेकबारे प्रतिपक्षीले गलत हल्ला  फैलाए : मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री  गोकुल बाँस्कोटाले सूचना प्रविधि विधयेकबारे प्रतिपक्षीले गलत हल्ला फैलाएको आरोप लगाएका छन् । बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै उनले सूचना प्रविधि विधयेकको विषयमा अनावश्यक हल्ला फैलाइएको बताए । उनले नागरिकको गोपनीयता र स्वतन्त्रताको हकलाई यो विधयेकले कुनै असर नगर्ने समेत बताए । केही नेताहरुले विधयेकमा भएका प्रा...

भारतले भन्यो– कालापानी क्षेत्र भारतकै हो, नक्सा परिवर्तन हुँदैन

भारतले भन्यो– कालापानी क्षेत्र भारतकै हो, नक्सा परिवर्तन हुँदैन
काठमाडौँ । नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत स्पष्ट रहेको बिहीबारको प्रेस ब्रिफिङमा बताएका छन् साप्ताहिक पत्रकार सम्मेलनमा उनले भने, ‘कालापानी क्षेत्र भारतको मानचित्र हो, सार्वभौम क्षेत्र हो ।’ उन...

आज पुस १८ गते शुक्रबार तपाईको दिन कस्तो रहला ? हेर्नुस दैनिक राशिफल ,

आज पुस १८ गते शुक्रबार  तपाईको दिन कस्तो रहला ? हेर्नुस दैनिक राशिफल ,
मेष स्वास्थ्यमा समस्या आउँन सक्छ । साथीभाइको सहयोग मिल्ने योग छ । मनमा चञ्चलता भएपनि अध्ययनमा रुची । महत्वपूर्ण कार्यमा उल्झन । बृष शत्रु परास्त हुने । सन्तानबाट सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट । अध्ययनमा सफलता मिल्नेछ । मिथुन मित्रको सहयोग हुने सम्भावना भए पनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्...

सुगौली सन्धिका बेलाको नेपालको नक्सा १५ दिनभित्र पेश गर्न आदेश

सुगौली सन्धिका बेलाको नेपालको नक्सा १५ दिनभित्र पेश गर्न आदेश
काठमाडौँ । सरकारलाई सुगौली सन्धिका बेलाको नेपालको नक्सा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले १५ दिनभित्र सुगौली सन्धि हुँदाको नेपालको आधिकारिक नक्साको प्रतिलिपिसहित लिखित जवाफ दिन सरकारका नाममा आदेश जारी गरेको हो । भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा समावेश गरेपछि वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको निवेदनमा सुनु...

आज पुस १७ गते विहीबार तपाईको दिन कस्तो रहला ? हेर्नुस दैनिक राशिफल ,

आज पुस १७ गते विहीबार तपाईको दिन कस्तो रहला ? हेर्नुस दैनिक राशिफल ,
मेष सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला । वृष विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । मिथुन लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । लाभदायक यात्रा रहनेछ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहला । ...

प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ , प्रदेश एकमा पाँच लाख पर्यटक भित्र्याउने

प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ , प्रदेश एकमा पाँच लाख पर्यटक भित्र्याउने
 प्रदेश १ सरकारले नेपाल पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन बुधबार प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ गरेको हो । विराटनगरको शहीद रंगशालामा हेलिकप्टरबाट पुष्पवृष्टिसहित सुरु भएको पर्यटन वर्षको शुभारम्भ हेर्न रंगशालाको प्याराफिड भरिएको थियो । भ्रमण वर्षमा विभिन्न जातजातीका झाकीहरू प्रस्तुत गरिएको थियो । भ्रमण वर्षको शुभारम्भ गर्दै प्रदेश १ का मुख्यमन्त्री श...

ल पढ्नुहोस, लिम्पियाधुरा नेपालको नक्सामा राख्नेबारे मन्त्री अर्याल र भीम रावलबीच संसदीय समितिमै वादविवाद

ल पढ्नुहोस, लिम्पियाधुरा नेपालको नक्सामा राख्नेबारे मन्त्री अर्याल र भीम रावलबीच संसदीय समितिमै वादविवाद
काठमाडौँ । लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी नगरेकोमा नेकपा नेता भीम रावलले सरकारलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यसअघि नै लिम्पियाधुरायताको भूमि नेपालको नक्सामा राखेर प्रकाशित गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई दिएको निर्देशन कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै रावलले कसको आदेश कुरेको भनेर प्रश्न गरेका हुन् । ...

आज पुस १६ गते बुधबार,तपाईको दिन कस्तो रहला ? हेर्नुस दैनिक राशिफल ,

आज  पुस १६ गते बुधबार,तपाईको दिन कस्तो रहला ? हेर्नुस दैनिक राशिफल ,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ), अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ ज्ञान सिक्न...

आज पौष १५ गते मङ्गलबार भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस

आज पौष १५ गते मङ्गलबार भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कला, साह...

निजी विद्यालयलाई नियमन र सामुदायिकलाई प्रोत्साहन आवश्यक : प्रचण्ड

निजी विद्यालयलाई नियमन र सामुदायिकलाई प्रोत्साहन आवश्यक : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएकाछन् । चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा भएकाले राष्ट्र र समाजको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक धारणा व्यक्...