सञ्चार तथा सूचना प्रविधिमन्त्री  गोकुल बाँस्कोटाले सूचना प्रविधि विधयेकबारे प्रतिपक्षीले गलत हल्ला फैलाएको आरोप लगाएका छन् ।

बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै उनले सूचना प्रविधि विधयेकको विषयमा अनावश्यक हल्ला फैलाइएको बताए । उनले नागरिकको गोपनीयता र स्वतन्त्रताको हकलाई यो विधयेकले कुनै असर नगर्ने समेत बताए ।

केही नेताहरुले विधयेकमा भएका प्रावधानलाई बंग्याउदै भ्रम फैलाउन खोजेको उनको भनाइ छ ।
नेपाली कांग्रेसका नेता गगन थापाले केही दिनअघि सरकारले ल्याएको सूचना प्रविधि विधयेकले नागरिकको मौलिक हकमा प्रतिबन्ध लगाउन खोजेको आरोप लगाएका थिए ।

थापालाई कसैले गाली गर्दा काठमाडौं झिकाएर कारवाही गरेको भन्दै मन्त्री बाँस्कोटाले आफुलाई पर्दा कारवाही गर्ने गाली गर्न नपाउने कानून ल्याउँदा आलोचना गर्ने काम नसुहाउने बताए ।

कर्मचारीले चुस्त भएर काम नगर्दा विकास निर्माणले तीव्रता नपाएको उनको भनाइ छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले कर्मचारीले असहयोग नगरेको तर सरकारले सोचेजस्तो काम नभएको आरोप लगाएका हुन् ।

उहाँले चिनी मिलले किसानलाई भुक्तानी गर्न बाँकी रकम दिलाउन सरकारले पहल गरिरहेको बताए । उखु किसानले पाउने अनुदान सिधै किसानले पाउने गरी बनाउने उपाय खोजी भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया