थप २८८ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुग्यो

थप २८८ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुग्यो
नेपालमा थप २ सय ८८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ८८ संख्यामा संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ७० पुरुष र १८ महिला छन् । यसैबीच आज मात्र कोरोना संक्रमणबाट निको भइ उपचार पछि ४२ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । योसंगै हालसम्म नेपालमा कुल २ सय ६६ जना निको भइ घर फर्केका छन् ।...

लकडाउनका बेला राष्ट्रपति कार्यालयमा ८४ लाखकाे भव्य शौचालय बन्दै

लकडाउनका बेला राष्ट्रपति कार्यालयमा ८४ लाखकाे भव्य शौचालय बन्दै
काठमाडौं । राष्ट्रपति कार्यालयमा गलैँचा मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत एक करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ । राष्ट्रपति कार्यालयमा हुन लागेको यो सजावट कोभिड सुरु हुनुअघिको होइन । यसका लागि ठेकेदार छनोट भएको सूचना १३ जेठ र १७ जेठमा सार्वजनिक गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले १३ जेठको सूचनाअनुस...

बीपी प्रतिष्ठानबाट १८ संक्रमित डिस्चार्ज

बीपी प्रतिष्ठानबाट १८ संक्रमित डिस्चार्ज
धरान : प्रदेश १ का सुनसरी र झापाका १८ कोरानो संक्रमित निको भएर डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका सुनसरी धरान–१३ कि ५१ वर्षीय महिला र झापाका १७ पुरुष सोमबार राति डिस्चार्ज भएका हुन् । दुई पटकसम्म पीसआिर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपपछि उनीहरुलाई घर पठाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पताल आइसोलेसन वार्डका प्रमुख प्रा.डा संजिवकु...

जेठ १९ अर्थात् तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको दिन

जेठ १९ अर्थात् तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको दिन
तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज १९ वर्ष पूरा भएको छ । १९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती शाह लगायतको ज्यान गएको थियो । हत्याकाण्डमा राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र...

बेलबारीको क्वारेन्टाइनमा खानबस्नको राम्रो प्रबन्ध र फ्री वाइफाई

बेलबारीको  क्वारेन्टाइनमा खानबस्नको राम्रो प्रबन्ध र फ्री वाइफाई
मोरङका बेलबारीको  क्वारेन्टाइनमा फ्री वाइफाई तथा खानबस्नको राम्रो व्यवस्थापन गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरू धमाधम भाग्न थालेपछि मोरङका बेलबारीको क्वारेन्टाइनहरूमा सुविधा थपिएका हो । कोरोना संक्रमणको त्रास बढेसँगै रोजगारीका लागि विभिन्न देशमा गएर स्वदेश फर्केकाहरू क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइन बसाइ सहज बनाउन वाइफाई तथा खानपानमा राम्रो ध्यान दिएर सुधार गरिएको बेलबारी...

कृषि नीति अनुसारको बजेट बिनियोजन भएन – सांसद रामकुमारी चौधरी

कृषि नीति अनुसारको बजेट बिनियोजन भएन – सांसद रामकुमारी चौधरी
काठमाडौं  / कृषि उत्पादनमा मुलुक लाई आत्मनिर्भर बनाउदै खाद्य सुरक्षा र सम्प्रभुता कायम गर्ने नीति अनुसारको बजेट बिनियोजन नभएको सांसद रामकुमारी चौधरीले बताईन ।  प्रतिनिधि सभा बैठकमा आ.ब. २०७७/०७८ को बजेट छलफलमा बोल्दै सांसद चौधरीले आगामी बर्ष दुध, तरकारी र मासुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर हुने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने भनिएता पनि बजेट बिनियोजनमा भने धेरै लोभ गरेर छुट्याएको बताईन । ११ ...

सामुदायिक विद्यालय पनि निजीको जिम्मा लगाउँदै समाजवादी सरकार

सामुदायिक विद्यालय पनि निजीको जिम्मा लगाउँदै समाजवादी सरकार
काठमाडाैं । सुरक्षित भवन, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, शौचालय, छात्रावास, खेलकुदको व्यवस्था र सरसफाई सामुदायिक विद्यालयका समस्या छन् । तर, राष्ट्र निर्माणको आधार गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार मान्ने सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालयमा गुणस्तर सुधारको जिम्मा निजी विद्यालयलाई सुम्पने कार्यक्रम अगाडि सारेको छ । संविधान प्रदत्त शिक्...

कोरोनाबाट विश्वभर ६० लाख ५४ हजार संक्रमित, २५ लाख ६२ हजार बढी निको (कुन देशमा कति)

कोरोनाबाट विश्वभर ६० लाख ५४ हजार संक्रमित, २५ लाख ६२ हजार बढी निको (कुन देशमा कति)
विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभर ६० लाख ५४ हजार १८७ संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितमध्ये २५ लाख ६२ हजार १९१ ले स्वास्थ्यलाभ गरिसकेका छन्। अमेरिकामा सबभन्दा बढी संक्रमित पुष्टि भएका छन्। आइतबार बिहानसम्मका तथ्यांकअनुसार अमेरिकामा १७ लाख ६९ हजार ७७६ मा संक्रमण पुष्टि भएको हो। त्यस्तै ४ लाख १६ हजार ४६१ निको भइसकेका छन्। अमेरिकामै...

विराटनगरलाई ९९ करोड, इटहरीलाई ७३ र धरानलाई ७९ करोड (कुन तहले कति पाए)

विराटनगरलाई ९९ करोड, इटहरीलाई ७३ र धरानलाई ७९ करोड (कुन तहले कति पाए)
इटहरी । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि देशभरका स्थानीय तहलाई दुई खर्ब ६३ अर्ब ७५ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सात सय ५३ स्थानीय तहका लागि २ खर्ब ६३ अर्ब ७५ करोड विनियोजन गरेको जानकारी दिए । सरकारले ६ वटा महानगरपालिका लागि ९ अर्ब ४७ करोड, उपमहानगरपालिकाका लागि ९ अर्ब ९ करोड, नगरपालिकाका लागि एक खर्ब १५ अर्ब ९८ करोड विनियोजन गरेको छ । गाउँपालिकाका लागि एक अर्...

टर्कीलाई उछिन्दै भारत सबभन्दा बढी कोरोना संक्रमित हुने मुलुकको नवौँ स्थानमा, कुन देशमा कति ? (अपडेट)

टर्कीलाई उछिन्दै भारत सबभन्दा बढी कोरोना संक्रमित हुने मुलुकको नवौँ स्थानमा, कुन देशमा कति ? (अपडेट)
भारत : भारत सबभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमित हुने मुलुकको नवौँ स्थानमा पुगेको छ। टर्कीलाई उछिन्दै भारत नवौँ स्थानमा पुगेको हो। जोन्स हप्किन्स विश्व विद्यालयको तथ्यांकअनुसार हालसम्म भारतमा १ लाख ७३ हजार ४९१ संक्रमित भेटिएका छन्। यो संख्या टर्कीभन्दा ११ हजार ३७१ ले बढी हो। संक्रमितमध्ये भारतमा ८२ हजार ६२७ निको भइसकेका छन् भने ४ हजार ९८० ले ज्यान गुमाएका छन्। टर्कीमा ४ हजार ४८९ ले ज...